काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह पदभार ग्रहण गरेपछिको पहिलो आधिकारिक द्विपक्षीय भ्रमणमा आगामी आइतबार (नोभेम्बर २२) भारत जाँदैछन्। पछिल्लो कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह र उनको टोली नोभेम्बर २२ मा नयाँ दिल्ली पुगेर भोलिपल्ट स्वदेश फर्किनेछ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

यसअघि भ्रमण चार दिनको हुने र नोभेम्बर २२ देखि २५ सम्म चल्ने चर्चा थियो। तर, पछिल्लो कार्यक्रम दुई दिनमा सीमित गरिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले भ्रमणलाई औपचारिक रूपमा अनुमोदन गर्न भने बाँकी नै छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

के–के छन् एजेन्डामा ?

भ्रमणका क्रममा नेपालले बाढीपछिको पुनर्निर्माणका लागि सहयोग, हवाई तथा सडक कनेक्टिभिटी, ऊर्जा व्यापार र लामो समयदेखि अड्किएका परियोजनाको प्रगतिबारे छलफल गर्ने तयारी गरेको छ। रेल सेवा विस्तार पनि छलफलको प्रमुख विषय बन्ने अपेक्षा छ।

भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिस्री नोभेम्बर ४–५ मा काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पुर्‍याएका थिए। सोही क्रममा अयोध्या–जनकपुर रेल सेवाको परीक्षण सञ्चालन गरिएको जानकारी पनि दिइएको थियो।

प्रधानमन्त्री मोदीले मार्च २७ मा शाहले पदभार ग्रहण गरेपछि पठाएको बधाई सन्देशमै भारत भ्रमणको निमन्त्रणा दिएका थिए। शाहले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिएका थिए।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

राष्ट्रिय सहमतिको माग

यसैबीच, प्रतिपक्षी दलहरूले भारत जानुअघि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गरेका छन्। सीमा, सन्धि, व्यापार, जलविद्युत् र हवाई मार्गजस्ता लामो समयदेखि नसुल्झिएका विषयमा विश्वास निर्माणमा केन्द्रित हुन उनीहरूको सुझाव छ।